डा. नारायण बहादुर बस्नेतको जन्म सोलुखुम्बु जिल्ला सोताङमा भएको हो । डा. बस्नेतले सोलुखुम्बु जिल्लाबाटै एस.एल.सी. उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज, काठमाडौंबाट एम.बि.बि.एस. पूरा गर्नुभयो । एम.बि.बि.एस. पश्चात् जापानस्थित विश्वप्रसिद्ध टोकियो विश्वविद्यालय (The University of Tokyo) बाट बाल तथा बाल मुटुरोग विषयमा पिएच.डी. र पोष्ट ग्राजुएट गर्ने प्रथम नेपाली हुनुहुन्छ । वहाँले पिएच.डी. पश्चात पोष्ट डक्टोरल अनुसन्धान पनि गर्नु भएको छ ।
त्रि.वि. शिक्षण अस्पताल, कान्ति बाल अस्पतालमा विभिन्न रूपमा कार्य गर्नुका साथै टोकियो विश्वविद्यालयको चिकित्सा संकायमा पनि कार्यानुभव छ । युद्धग्रसित कम्बोडिया देशमा करिब एकवर्ष मेडिकल कोअर्डिनेटरको कार्य अनुभव बटुल्नु भएका डा. बस्नेत विरामीलाइ केन्द्र विन्दुमा राखेर सेवा, अध्ययन, अनुसन्धान गरिरहने विश्वास राख्नु हुन्छ ।
डा. बस्नेतले मुटु र फोक्सोलाई जोड्ने पल्मोनरी धमनी (Pulmonay Artery)को विशेष अनुसन्धान गरी संसार प्रसिद्ध चिकित्सा प्रकाशनमा सोधपत्र प्रकाशित गर्नु भएको छ । वहाँका कृतिहरू संसार प्रसिद्ध चिकित्सा अन्वेषण पत्रिका (Medical Journal) मा प्रकाशित भएका छन् । नेपालबाट प्रकाशित हुने चिकित्सा शास्त्रका प्रकाशनका साथै साधारण पत्रपत्रिकाहरूमा समसामयिक स्वास्थ्यसँग सम्बन्धित लेखहरू प्रकाशित भइरहन्छन् । वहाँले प्रकाशन गर्नु भएको 'सबैका लागि स्वास्थ्य बीमाः हात धुने तथा सुरक्षित शौचालय' (A Token of Health Insurance for All: Hand Washing and Sanitary Toilets) सम्बन्धी गहन लेख जापानको माध्यमिक विद्यालयको अंग्रेजी पाठ्यपुस्तकमा समेटिएको छ ।
नेपाल, भारत, जापान, अमेरिकाका चिकित्सा पेशागत संघसंस्थाहरूसँग आवद्ध डा. बस्नेत महेन्द्र विद्याभुषण पदक, रिसर्च अवार्डहरूद्वारा विभुषित हुनुहुन्छ । वहाँले Who is Who in the World मा समेत आफ्नो नाम स्थापना गर्नु भएको छ । वहाँ स्वास्थ जीवन, स्वतन्त्रता तथा परस्पर निर्भरता, रचनात्मक सोचाइ तथा गराइ, निरन्तर खोज र प्राप्त उपलब्धीलाई मानव विकासका आधार मान्नु हुन्छ । वहाँ "नेपाल चिकित्सक संघ-खड्ग नन्द चिकित्सा अनुसन्धान अवार्ड"का संस्थापक हुनुहुन्छ ।
काठमाडौ चाबिहलस्थित बाल चिकित्सा निदान केन्द्र (Children's Medical Diagnosis Center) नामक प्राइभेट संस्थाका संस्थापक डा. बस्नेत यसै संस्थामा सेवारत हुनुहुन्छ ।
MPA, MBBS, PG Ped, Ph.D. (Ped., Ped. Card., Univ. of Tokyo), Postdoc (Ped.)
Birth weight 1250 gram (approx. one bisouli=half dharni, a traditional unit of hills of Nepal); preterm 28 weeks; Birth place: Sotang, Solukhumbu (Mt. Everest region), Nepal; Aug 1960.
‘Pediatric Echocardiography Training’, Saitama Children's Medical Center, Saitama, Japan, 2003; ‘Designing and Production of Teaching/Learning Materials’, FHP, IOM, TU, Nepal, 1985; ‘Orientation of Teachers to Population Dynamics, Human Reproduction and Family Planning and Maternal and Child Health’, FHP, IOM, TU, Nepal, 1985; ‘Teacher's Training Workshop’, FHP, IOM, TU, Nepal, 1981.
Basnet NB. Pulmonary arterial compliance in children with atrial and ventricular septal defect. (Dissertation). Tokyo, Japan: Graduate School of Medicine, The University of Tokyo, Tokyo; 2000. [English and Japanese].
"Lifetime Achievement Award 2005". American Biographical Institute (ABI), USA; "Mahendra Vidhyabhushan 'Ka' 2005". Ministry of Education and Sports, Nepal; "International Scientist of the Year 2004". International Biographical Centre (IBC), England, UK; "Who is who in the world"/“Who is who in Medicine and Healthcare". Marquis Who is Who Publication, USA; "2001 Research Awards to Foreign Students": Awarded by Graduate School of Medicine, The University of Tokyo, Japan; "1999 Research Awards to Foreign Students": Awarded by Graduate School of Medicine, The University of Tokyo, Japan.
Life Member: Nepal Medical Association (NMA), Nepal; Nepal Pediatric Society (NEPAS), Nepal; The Association of Medical Doctors of Asia (AMDA), Nepal; Nepal Family Planning Association (NFPA), Nepal; NJAA (Nepal JSPS Alumni Assn.); Japanese Universities Alumni Association, Nepal (JUAAN), Nepal; Cardiological Society of India (CSI), India; Pediatric Cardiac Society of India (PCSI), India.